गाउँ सहर

नेशनल लाइफ इन्स्योरेन्समा अन्तर कर्मचारी फुटसल सम्पन्न

 

काठमाडाैं । चुस्त कार्य सम्पादनमा कर्मचारीको मानसिक स्वास्थ्य मात्रै होइन शारीरिक तन्दुरुस्ति पनि आवश्यक छ भन्ने नाराका साथ नेशनल लाइफ़ इन्स्योरेन्स कम्पनीले अन्तर कर्मचारी फुटसल कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीकाे ३६औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा आयोजना गरिएको फुटसल कार्यक्रममा पुरुषतर्फ ४ खेल र महिलातर्फ २ टीमकाबीच प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ रबिन्द्र शाक्य क्याप्टेन रहेको टीम प्रथम प्रज्वल सायमी क्याप्टेन रहेको टीम द्वितीय र पवन श्रेष्ठ तथा बिमल खनालको टीम तृतीय भएको थियो भने महिलातर्फ शर्मिला श्रेष्ठ क्याप्टेन रहेको टीम प्रथम र समिक्षा अधिकारी क्याप्टेन रहेको टीम द्वितीय भएको थियो ।

क्षेत्रीय प्रवन्धक सुमोद थापाको संयोजकत्वमा चाबहिल भत्केपुल धोवीखोला कोरिडोरस्थित धन्वन्तरि फुटसल परिसरमा खेलको आयोजना गरिएको थियो ।

कार्यक्रममा नेशनल लाइफ़ इन्स्योरेन्सका उपत्यका भित्रका सबै शाखा प्रशाखा अन्तर्गतका कर्मचारी हरुको उपस्थिति रहेको थियो ।

तपाईँको मत