सूर्य तारा क्लवको ‘भेट्रान्स फुटसल’
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | ०८:३४:०० मा प्रकाशित

लेखनाथ । सामाजिक क्षेत्रमा विशेष योगदान गर्दै आएको सूर्य तारा क्लव गण्डकी प्रदेशले आयोजना गरेको ‘भेट्रान्स ५–ए साइड फुटसल’ प्रतियोगिता पोखरा २७ तालचोकस्थित काइट्स स्पोर्टसमा भएको छ ।
दुई दिन सञ्चालन हुने प्रतियोगिताको उद्घघाटन गर्दै हरिनास गाउँपालिका स्याङ्गजाका अध्यक्ष खिमनारायण मानन्धरले राष्ट्रको निम्ति खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने विचारलाई आत्मसाथ गर्दै हरेक नागरकिलाई स्वस्थ राख्ने वातावरण तयार पार्न राज्यले खेलक्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष चेत बहादुर गुरुङ, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णु प्रसाद बराल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’ लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सरस्वती श्रेष्ठले गरेकी थिईन ।
उद्घाटन खेलमा आयोजक सुर्य तारा कल्ब (रातो)ले र शिशुवा भेट्रान्स माथी जित दर्ता गरेको छ । अन्य खेलमा ड्यामसाईड र तुलाचन एफ सि बिचको खेलमा तुलाचन एफसि बिजयी भएको छ भने बाराही एफ सि र मर्दी एफसि माथी जित हासिल गरेको छ ।
त्यसै गरी अमरसिंह एफ सि र मयुर टाईम्स बिचको खेलमा अमरसिंह एफ सि बिजयी भयो भने आदर्श क्लव र भदौरे बिचको खेलमा आदर्श क्लब बिजयी भएको आयोजक संस्थका अध्यक्षका विष्णु पुनले जानकारी दिएका छन् । त्यसै गरी चाउथे एफसिले मालेपाटन एफसी माथी जित दर्ता गरेको छ ।
प्रतियोगितामा उपाधी विजेता टिमले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ का साथमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस