वागमती प्रदेशमा भागबण्डा : आज मन्त्रिपरिषदलाई पूर्णता दिने
- गाउँ सहर संवाददाता
- ११ माघ बुधबार, २०७९ | ११:५०:०० मा प्रकाशित

काठमाडौं । आज वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । बुधबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् ।
मुख्यमन्त्री जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफलपछि नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने भएको छ ।
एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई मन्त्रीका रुपमा पठाउने भएको छ । तर मन्त्रालय टुंगो नलागिसकेको मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।
त्यसैगरी माओवादी केन्द्रले मुख्यमन्त्री र तीन मन्त्री पाएको छ । माओवादीले मन्त्रीमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने भएकोक छ ।
तीन मन्त्री पाएको राप्रपाले यसअघि नै एक मन्त्री पठाएपनि बाँकी दुई जना कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागाइसकेको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस