गाउँ सहर

 नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न मेहबुब आलम र आदिल अन्सारी पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपीलाइ पक्राउ गरेको छ । पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ गरेको हो ।

आलम र अन्सारी बाहेक अन्य क्रिकेटरहरुपनि पक्राउ पर्नसक्ने सम्भावना  छ । नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । लिगमा स्पट फिक्सिङ भएको खबर बाहिरिएपछि सीआईबीले अनुसन्धान थालेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत