ॐ चाबहिल डेन्टलद्वारा दाँतकाे उपचारमा २० प्रतिशत छुट
- गाउँ सहर संवाददाता
- ८ माघ आइतबार, २०७९ | ०९:५८:०० मा प्रकाशित
काठमाडाैं । ॐ चावहिल डेन्टल हस्पिटलले दाँतकाे उपचारमा २० प्रतिशत छुट दिने भएकाे छ । अस्पतालले काेटेश्वरमा शाखा बिस्तार गरेकाे पहिलाे वार्षिकाेत्सवकाे उपलक्ष्यमा सेवाग्राहीका लागि माघ महिनाभर उपचारमा २० प्रतिशत छुट दिने प्रबन्ध निर्देशक अनिल कुमार शर्माले जानकारी दिए ।
ॐ चाबहिल डेन्टलले काेटेश्वर चाेकमा गत वर्षकाे माघ ८ गतेबाट शाखा सञ्चालन गरि सेवा शुरू गरेकाे थियाे ।
अस्पतालले चाबहिल, काेटेश्वर र भृकुटीचाेक कपनमा रहेका तीनै स्थानमा बिरामीहरूका लागि छुटमा उपचार गरिने शर्माले बताए ।

विभिन्न जिल्लाका स्थानीय तहमा पुगेर स्थानीय तह तथा संघ संस्थाको सहकार्यमा अस्पतालले विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र उपचार गराउँदै आएकाे अध्यक्ष घिमिरेले बताए ।
घिमिरेले डेन्टल खोलेको छोटो समयमै सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल भएको बताए ।
ॐ चाबहिल डेन्टल अस्पतालले चाबहिल बाहेक काेटेश्वर, भृकुटीचाेक कपनबाट सेवा दिँदै आएकाे छ भने अब छिट्टै महाेत्तरीकाे बर्दिवासमा पनि शाखा सञ्चालनकाे तयारी भइरहेकाे घिमिरेले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस