ॐ चाबहिल डेन्टलद्वारा दाँतकाे उपचारमा २० प्रतिशत छुट
- गाउँ सहर संवाददाता
- ८ माघ आइतबार, २०७९ | ०९:५८:०० मा प्रकाशित
.jpg)
काठमाडाैं । ॐ चावहिल डेन्टल हस्पिटलले दाँतकाे उपचारमा २० प्रतिशत छुट दिने भएकाे छ । अस्पतालले काेटेश्वरमा शाखा बिस्तार गरेकाे पहिलाे वार्षिकाेत्सवकाे उपलक्ष्यमा सेवाग्राहीका लागि माघ महिनाभर उपचारमा २० प्रतिशत छुट दिने प्रबन्ध निर्देशक अनिल कुमार शर्माले जानकारी दिए ।
ॐ चाबहिल डेन्टलले काेटेश्वर चाेकमा गत वर्षकाे माघ ८ गतेबाट शाखा सञ्चालन गरि सेवा शुरू गरेकाे थियाे ।
अस्पतालले चाबहिल, काेटेश्वर र भृकुटीचाेक कपनमा रहेका तीनै स्थानमा बिरामीहरूका लागि छुटमा उपचार गरिने शर्माले बताए ।
विभिन्न जिल्लाका स्थानीय तहमा पुगेर स्थानीय तह तथा संघ संस्थाको सहकार्यमा अस्पतालले विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र उपचार गराउँदै आएकाे अध्यक्ष घिमिरेले बताए ।
घिमिरेले डेन्टल खोलेको छोटो समयमै सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल भएको बताए ।
ॐ चाबहिल डेन्टल अस्पतालले चाबहिल बाहेक काेटेश्वर, भृकुटीचाेक कपनबाट सेवा दिँदै आएकाे छ भने अब छिट्टै महाेत्तरीकाे बर्दिवासमा पनि शाखा सञ्चालनकाे तयारी भइरहेकाे घिमिरेले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस