नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा दुई खेलहरु हुँदै
- गाउँ सहर संवाददाता
- १४ पौष बिहीबार, २०७९ | ०७:२८:०० मा प्रकाशित
काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज बिहीबार दुई खेलहरु हुँदैछन् ।
बिहिबारको पहिलो तथा प्रतियोगिताको एघारौं खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्सबीच खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
तीन खेल खेलेको विराटनगरले पहिलो जितका साथ अंक तालिकाको चौंथो स्थानमा रहेको छ । विराटनगर आज दोस्रो जितको खोजीमा रहेको छ ।
चार खेल खेलेर अंक विहीन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा ४ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
यसै संस्करणको पहिलो भेटमा बुधबार विराटनगरले पोखरालाई ६ विकेटले पराजित गरेको थियो ।
आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।
पहिलो र दोस्रो खेल जितेको जनकपुर तेस्रो खेलमा भने पराजित भएको थियो । जनकपुर चौंथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ ।
जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
तीन खेल खेलेर १ जित हात पारेको फार वेस्ट चौंथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । फार वेस्ट ३ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस