हिमपात र हुस्सुका कारण दैनिक जीवन कष्टकर बन्दै, यस्ताे माैसमी पूर्वानुमान्
- गाउँ सहर संवाददाता
- १३ पौष बुधबार, २०७९ | ०७:३४:०० मा प्रकाशित
.jpg)
काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १ को हिमाली भू-भागमा पछिल्ला दिनहरुमा निरन्तर हिमपातको सम्भावना रहेको छ ।
हिमपात र हुस्सुका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
यसैबीच, काठमाडौंमा आज बिहानको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको हो ।
यसअघि हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । यद्यपि, आज पनि पौने ९ बजे तापक्रम बिहान पौने ६ बजेको भन्दा केही कम हुन सक्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच यस्तो सहमति : आजै बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने
- सुनको मूल्यमा सामान्य गिरावट
- मन्त्रीकाे नाम टुङ्गाे लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
- 'जनयुद्ध दिवस' खारेजीको माग गर्दै सर्वोच्चमा रिट
- भैरवनाथ गणको ट्रक दुर्घटना
- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा डिल्ली चौधरीको यस्तो दाबी
- मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
- शेयर बजार : २६ अंकले घटेर १८८८ विन्दुमा
- प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न
- लुम्बिनी प्रदेशमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा
प्रतिकृया दिनुहोस