खेल

विश्वकप : आजबाट क्वाटरफाइनल शुरू, दुई खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ ।

कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् ।

पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत