अर्थतन्त्र

बुधबार नेप्सेमा भारी गिरावट, कारोबार रकममा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आज बुधबार नेप्से घटेर बन्द भएको छ । अघिल्ले कारोबार दिन नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेर बन्द भएको  नेप्से, यस दिन १६.९८ अंक घटेर १९१६.९० विन्दुमा झरेको छ।

यस दिन कारोबार रकममा सामान्य सुधार भएको छ । यस दिन २४६ स्टकको कारोबारमा १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५०.९९ रुपैयाँ बराबरको ४० लाख २९ हजार ७१९ कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ इण्डेक्स १.४३ अंक घटेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत