निर्वाचनको परिणामपछि पाँच दलीय गठबन्धनको सरकार बन्ने
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर आइतबार, २०७९ | १३:४८:०० मा प्रकाशित

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । आइतवार रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरूबिच पाँच वर्षसम्म व्यवस्थालाई मजबुत बनाउँदै गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरूप अगाडि बढ्ने बताए ।
प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुङ्ग्याउने गृहमन्त्री खाणको भनाइ छ । ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ,’ गृहमन्त्री खाणले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्रीसमेत रहनु भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ ।’
रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका खाणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताए। खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित भएका हुन् । आफू गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफै उम्मेदवार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको र त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको खाणले बताए ।
गृहमन्त्रीका रुपमा प्रतिनिधि सभा/प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रुपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको खाणले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस