रुपन्देही क्षेत्र नं. २ मा मतगणना अवरुद्ध, उल्लेख गरिएभन्दा बढी मतपत्र भेटियाे
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शुक्रबार, २०७९ | १५:१४:०० मा प्रकाशित
बुटवल । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना अवरुद्ध भएको छ । गणना अन्तिमतिर आइपुगेको बेला मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्याभन्दा गणनामा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको हो । सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध गरेपछि मतगणना स्थगित गरिएको छ ।
८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा मतगणना अवरुद्ध भएको हो । सत्ता गठबन्धनमा आवद्ध दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् । मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा मतपत्रको संख्या बढी नभएको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए ।
उनका अनुसार लुम्बिनी वाणिज्य क्याम्पस ‘ड’ बुथमा ३८८ जना महिला र पुरुष २४१ गरी ६२९ मत खसेको मुचुल्कामा उल्लेख भएको तर उक्त तथ्यांकलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने समयमा महिलाको संख्या फरक पर्न गएको हो । कम्प्युटरमा प्रविष्ट गर्ने समयमा मानवीय त्रुटीका कारण फरक संख्या उल्लेख हुन गएको स्वीकार गर्दै मतपेटिकामा भएको र मुचुल्कामा भएको संख्या नै सही भएको निर्वाचन अधिकृत नेपालीको दाबी छ ।
मतगणना अवरुद्ध हुनुअघि रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल एक हजार बढी मतले अग्रता लिएका थिए । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र तेस्रो स्थानमा सत्ता गठबन्धन समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस