नेपाल लाइफको २२औं वार्षिक साधारण सभा सम्पन्न लाभांशकाे प्रस्ताव अनुमाेदन
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | १८:३८:०० मा प्रकाशित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल भिष्वा विरगंजमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।सभा मार्फत कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक कार्य प्रगति विवरण पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/ ७८ को नाफा नोक्सान, हिसाव, नगद प्रवाह,वित्तीय विवरण लगायतका विवरणमाथि छलफल गरी पारित गरेको छ ।
त्यसैगरी सभाले कम्पनीको लेखापरीक्षण समितिले गरेको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८ /७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारीश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्तावलाई अनुमोदन गरेको छ ।
त्यस्तै, सभामा संचालक समितिले गरेको स्वतन्त्र संचालकको नियुक्तिलाई अनुमोदन गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेको थियो । त्यसकारण कात्तिक १७ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउन योग्य भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस