राजनीति

कांग्रेसका नेता शशाङ्क कोइराला विजयी

नवलपरासी । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । उनि नेपाली कांग्रेसका पूर्व महामन्त्री हुन् । 

निकै  प्रतिस्पर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् ।  गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार १२६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत