गाउँ सहर
रौतहटमा आलागी हुँदा तीन बालबालिकाको मृत्यु
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | ०९:२६:०० मा प्रकाशित

जनकपुरधाम । रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । गौर नगरपालिका १ माइस्थानको इस्लाम सिरक डसना पसलमा गएराति आगलागी भएको हो ।
आगलागीमा परेर पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहटटका प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए । उनका अनुसार २५ वर्षीय मोहम्द इस्माइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान घाइते भएका छन् ।
मध्यरातमा कपास गोदाममा विद्युत् सर्ट भएपछि आगलागी भएको प्रहरीको अनुमान छ । पसलको गोदामबाट आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस