गाउँ सहर
काठमाडाैँ ४ मा गगन थापा जित नजिक, मुख्य प्रतिस्पर्धीभन्दा १९ हजार १४ मतसहित अगाडि
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर मंगलबार, २०७९ | ०९:४४:०० मा प्रकाशित

काठमाडाैँ । काठमाडौँ क्षेत्र नम्बर ४ को मत गणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा हालसम्म ३८ हजार ५२५ मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री गगन थापा १९ हजार १४ मतसहित अगाडि छन् ।
त्यस्तै थापाका प्रमुख प्रतिस्पर्धी एमालेका राजन भट्टराई १३ हजार २७ मतसहित पछ्याउँदै छन् । त्यस्तै राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले ३ हजार ११८ मत ल्याएका छन् भने स्वतन्त्रबाट लौरो चुनाव चिह्न पाएका अर्चनशम्शेर राणाले एकहजार १० मत पाएका छन् ।
बुढानिलकण्ठ नगरपालिकाका वडाहरूको मत गणना भैसकेको छ । अहिले काठमाडौं महानगरमा पर्ने वडा नम्बर ८ र ३० नम्बर वडाको मत गणना भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस