समाज

काठमाडौंका सडकमा जाम, ट्राफिक प्रहरी निर्वाचनमा, व्यवस्थापनमा म्यादी प्रहरी

काठमाडौं । काठमाडौंको विभिन्न ठाउँमा ट्राफिक जाम हुनेगरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ट्राफिक प्रहरीलाइ खटिएका कारण यस्तो समस्या आएकाे हाे ।

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं ट्राफिक प्रहरी कार्यालयका एक हजार चार सय ट्राफिक प्रहरी खटिएका छन् ।  ट्राफिक प्रहरीलाई उपत्यका बाहिरका निर्वाचन क्षेत्रमा खटाएको हो ।

ट्राफिक प्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार काठमाडौंको सवारी चाप ठूलो छ, करिब चौध सय ट्राफिक निर्वाचनमा खटाइएको छन् । उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न विभिन्न निकायबाट स्वमंसेवक लिएका छौँ । चार जना खटिने चोकमा एकजना ट्राफिक मात्रै खटाइएको छ ।

हाल नगरप्रहरीलाई पनि ट्राफिक व्यवस्थापनमा खटाइएको छ । जनपथ प्रहरी, रेडक्रस र स्कुलका स्वयंसेवकले पनि ट्राफिकलाई सहजीकरण गरेका छन् ।

सवारी साधनको चाप धेरै हुने समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म हाे । मुख्य चोकमा ट्राफिक प्रहरीसँगै नगरप्रहरी र म्यादी प्रहरी खटाउन थालिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत