कमला नदीमा अनौठो भूत मेला सुरुसुरु, श्रद्धालुको घुइँचो
- गाउँ सहर संवाददाता
- २२ कार्तिक मंगलबार, २०७९ | १३:४०:०० मा प्रकाशित
धनुषा । धनुषा र सिरहा जिल्लाको सिमाना छुुट्याउने कमला नदीमा आज श्रद्धालुको घुइँचो लागेको छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको हो ।
‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...’ यस्तै यस्तै आ–आफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुग्ने गरेका छन् ।
कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनाैठो भूतमेला लाग्ने गर्छ । धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण स्नान गर्न आउने गर्दछन् ।
कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नानका लागि गाउँगाउँबाट आज बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् । नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासले स्नान गर्नेको सङ्ख्या बढ्दै गएको गणेशमान चारनाथ नगरपालिकाको गोदारका भोला साह बताउँछन् ।
भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ७८ वर्षीय धामी रामसागर ठाकुर बताउँछन् । ठाकुरले भने,“मिथिलाञ्चलमा सदियौँदेखि तन्त्रविधामा सर्वसाधारणको विश्वास रहेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन् । उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गङ्गास्नान गर्न आएका बताउँछन् ।”
धामीझाँक्री मादल, करताल, झाइल र ढोल पिपहीको सुर र तालबीच यिनीहरुको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण देखिन्छ । स्नानको समयमा मूलधामीले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ ।
आफ्नो गाउँमा धामीलाई डो¥याएर कमला र गङ्गासागर स्नान गर्न ल्याएका वटेश्वर गाउँपालिका ५ शान्तिपुरका धामी रामसोगारथ महतोले शरीरमा देउता चढ्नेलाई यहाँ ल्याउने गरिएको बताउनुहुन्छ । तराई-मधेसमा मन्त्र सिकाइने धामीलाई ‘भगता’ भन्ने गरिन्छ । पवित्र नदीमा प्रथम स्नान गर्ने धामीझाँक्रीसँग आशिष थाप्ने श्रद्धालुको सङ्ख्या पनि उल्लेखनीय रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
प्रतिकृया दिनुहोस