विप्लव नेतृत्वको नेकपाद्वारा जनतालाई चुनावमा भाग नलिन अपिल, विरोधी कार्यक्रमको घोषणा
- गाउँ सहर संवाददाता
- १५ कार्तिक मंगलबार, २०७९ | १४:३७:०० मा प्रकाशित
काठमाडाैं । विप्लव नेतृत्वको नेकपाले निर्वाचन विरोधी कार्यक्रमको घोषणा गरेको छ । पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ ।
निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ । खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ । यसबाहेक जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ ।
कपिलवस्तुमा सम्पन्न महाधिवेशनको निर्णय सार्वजनिकसहितका पार्टीका नीतिका बारेमा जानकारी दिन विप्लव समूहले पत्रकार सम्मेलन गरेको हो ।
वैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस