विप्लव नेतृत्वको नेकपाद्वारा जनतालाई चुनावमा भाग नलिन अपिल, विरोधी कार्यक्रमको घोषणा
- गाउँ सहर संवाददाता
- १५ कार्तिक मंगलबार, २०७९ | १४:३७:०० मा प्रकाशित

काठमाडाैं । विप्लव नेतृत्वको नेकपाले निर्वाचन विरोधी कार्यक्रमको घोषणा गरेको छ । पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ ।
निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ । खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ । यसबाहेक जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ ।
कपिलवस्तुमा सम्पन्न महाधिवेशनको निर्णय सार्वजनिकसहितका पार्टीका नीतिका बारेमा जानकारी दिन विप्लव समूहले पत्रकार सम्मेलन गरेको हो ।
वैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस