सत्ता गठबन्धनले प्रदेशमा गर्ने चुनाव लक्षित पहिलाे भेला आज पाेखरामा, तीन नेताले सम्बाेधन गर्ने
- गाउँ सहर संवाददाता
- ४ कार्तिक शुक्रबार, २०७९ | ०७:४६:०० मा प्रकाशित
काठमाडौं । सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी भेला आजदेखि सुरु भएको छ । गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित पहिलाे भेला पाेखरामा गर्न लागेकाे हाे ।
गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियानसुरु गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज पोखरा जाँदै छन् ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरामा भेला हुनेछ । भेला ११ बजे हुनेछ । आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ ।
सत्ता गठबन्धनले आजै लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेको छ ।
भेलाका लागि गठबन्धनको कार्यतालिका :
१. कात्तिक ४ गते – पोखरा, ११ बजे
२. कात्तिक ४ गते – बुटवल, २ बजे
३. कात्तिक ५ गते – विराटनगर, ११ बजे
४. कात्तिक ५ गते – जनकपुर, २ बजे
५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे
६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस