मुक्तिनाथ कृषि कम्पनीको चौथो साधारण सभा सफलताका साथ सम्पन्न
- गाउँ सहर संवाददाता
- ३० असोज आइतबार, २०७९ | १६:४६:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंक तथा नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भई समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ अगाडि बढिराखेको मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
गत आश्विन २८ गते बसेको साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आ. व. २०७८/०७९ को वार्षिक प्रतिबेदन उपर छलफल तथा पारित, सोहि आ .व. को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ, भने विषेश प्रस्तावहरु मार्फत ५५.५५% हकप्रद शेयर निष्कासन, कमपानीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ ।
साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संसोधन प्रस्ताव समेत पारित गरेको छ । कार्यक्रमको अध्यक्षता गर्नुभएका कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीको प्रगति विवरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो । साथै कम्पनीले अब आगामी वर्षहरुमा आफ्ना शेयर धनीहरुलाई प्रतिफल दिनेगरी अगाडी बढिरहेको बताए ।
सञ्चालक समितिका सदस्य सिताराम काफ्लेले स्वागत मन्तव्य राख्दै कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका निमित्त कम्पनी पूर्ण रुपमा गतिशील रहेको बताए ।
कम्पनीका सचिव एवं नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले संचालन गरेको उक्त सभालाई अतिथिको रुपमा सम्बोधन गर्दै बैंकका कार्यकारी अधिकृत पद्युमन पोख्रेलले नेपालको कृषि व्यबसायमा मुक्तिनाथ कृषि कम्पनीले उदाहरणीय कार्यहरु गर्दै आइरहेको बताएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस