दशैँ मनाउन जाने क्रममा बस र कारमा आगलागी
- गाउँ सहर संवाददाता
- १५ असोज शनिबार, २०७९ | १६:४५:०० मा प्रकाशित
काठमाडाैं । दशैँ मनाउन काठमाडौंबाट गाउँ जाने क्रममा बस र कारमा आगलागी भएकाे छ । काठमाडौंबाट खोटाङतर्फ गइरहेको यात्रुवाहक बसमा एक्कासी आगलागी भएको हो भने काठमाडौंबाटै जन्मथलो फर्कने क्रममा सिन्धुपाल्चोक एक कार जलेर नष्ट भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित बाहुनीडाँडामा गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बस जलेर नष्ट भएकाे छ ।
बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने भएको छैन । घटनास्थलमा भएका यात्रुहरुका अनुसार बससहित बसमा भएका सामानहरु जलेर नष्ट भएको छ ।नेपालीहरुको चाड बडादसैँमा घर फर्कने यात्रुहरु बसमा आगलागी भएपछि अलपत्र परेका छन् । उनीहरुलाई अर्को गाडी ब्यवस्था गरेर गन्तव्यतर्फ पुर्याउनगरी प्रहरीसँग समन्वय भइरहेको घटनास्थलमा रहेका एक स्थानीयले जानकारी दिए ।
त्यसैगरि काठमाडौंबाट जन्मथलो फर्कने क्रममा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ का एक परिवारको कार जलेर नष्ट भएको छ
शनिबार दिउँसो पाैने २ बजे सुनकोसीको यमुनाडाँडा–४ स्थित सिमपानी भन्ने ठाउँमा उक्त गाडी जलेर नष्ट भएको हो । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर यादवका अनुसार कुनै मानवीय क्षति भने भएको छैन् ।
कारमा ४ जना सवार रहेका थिए ।
सुनकोसी गाउँपालिका–४ निवासी राज कुमार विकको कार जलेको हो । उकालोमा जाने क्रममा कार हिट भएर जलेको प्रहरीले जनाएकाे छ ।
उकालोमा गाडीबाट धुँवा आएपछि विक ओर्लिएर हेर्दा कारबाट आलो बलेको थियो । कार जले पुरै नष्ट भएको प्रहरीले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस