दशैँ मनाउन जाने क्रममा बस र कारमा आगलागी
- गाउँ सहर संवाददाता
- १५ असोज शनिबार, २०७९ | १६:४५:०० मा प्रकाशित

काठमाडाैं । दशैँ मनाउन काठमाडौंबाट गाउँ जाने क्रममा बस र कारमा आगलागी भएकाे छ । काठमाडौंबाट खोटाङतर्फ गइरहेको यात्रुवाहक बसमा एक्कासी आगलागी भएको हो भने काठमाडौंबाटै जन्मथलो फर्कने क्रममा सिन्धुपाल्चोक एक कार जलेर नष्ट भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित बाहुनीडाँडामा गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बस जलेर नष्ट भएकाे छ ।
बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने भएको छैन । घटनास्थलमा भएका यात्रुहरुका अनुसार बससहित बसमा भएका सामानहरु जलेर नष्ट भएको छ ।नेपालीहरुको चाड बडादसैँमा घर फर्कने यात्रुहरु बसमा आगलागी भएपछि अलपत्र परेका छन् । उनीहरुलाई अर्को गाडी ब्यवस्था गरेर गन्तव्यतर्फ पुर्याउनगरी प्रहरीसँग समन्वय भइरहेको घटनास्थलमा रहेका एक स्थानीयले जानकारी दिए ।
त्यसैगरि काठमाडौंबाट जन्मथलो फर्कने क्रममा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ का एक परिवारको कार जलेर नष्ट भएको छ
शनिबार दिउँसो पाैने २ बजे सुनकोसीको यमुनाडाँडा–४ स्थित सिमपानी भन्ने ठाउँमा उक्त गाडी जलेर नष्ट भएको हो । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर यादवका अनुसार कुनै मानवीय क्षति भने भएको छैन् ।
कारमा ४ जना सवार रहेका थिए ।
सुनकोसी गाउँपालिका–४ निवासी राज कुमार विकको कार जलेको हो । उकालोमा जाने क्रममा कार हिट भएर जलेको प्रहरीले जनाएकाे छ ।
उकालोमा गाडीबाट धुँवा आएपछि विक ओर्लिएर हेर्दा कारबाट आलो बलेको थियो । कार जले पुरै नष्ट भएको प्रहरीले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस