बंगलादेशबिरूद्ध नेपालको जित, ह्याट्रिक गर्ने अन्जन विष्ट छैटौं खेलाडी
- गाउँ सहर संवाददाता
- ११ असोज मंगलबार, २०७९ | १९:३४:०० मा प्रकाशित

काठमाडाैं । नेपालले मंगलबार बंगलादेशलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ३-१ गोलअन्तरले पराजित गरेको छ । नेपालकाे जितमा अन्जन विष्टलेको ह्याट्रिक रहेकाे छ ।
नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । मैत्रीपूर्ण खेलमा विष्टले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक व्यक्तिगत उपलब्धिसमेत चुमेका हुन् ।
बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।
विष्टले १८औं मिनेटमा पहिलो गोल गरे । विमल घर्तिमगरको फ्रि किकमा हेडबाट पहिलो गोल गरेका उनले २६औं मिनेटमा दोस्रो गोल थपे । तेज तामाङको सुरुवाती प्रहारमा बंगलादेशी गोलरक्षक अनिसुर रहमानले बचाए पनि फर्केको बलमा उनले गोल गरे ।
विष्टले खेलको ३७औं मिनेटमा ह्याट्रिक पूरा गरे । विशाल राईको फ्रि किकमा हेडबाट गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका हुन् । खेलको १७औं मिनेटमा बंगलादेशी कप्तान जमल भुयाले २० यार्डबाट प्रहार गरेको बल पोस्टमा लागेर बाहिरिएको थियो । ६७औं मिनेटमा मोहम्मद हुसेन बादशाहले एक गोल फर्काए ।
अन्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी
फरवार्ड अन्जन विष्ट नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् ।
यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् ।
यो ह्याट्रिकसँगै नेपालका लागि विष्टको व्यक्तिगत गोल संख्या १० पुगेको छ । विष्ट नेपालका लागि सबैभन्दा बढी गोल गर्ने सूचीको दोस्रो स्थानमा पनि उक्लिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस