समाज सेवाबाट नै समाज लाभान्वित : प्रधानमन्त्री
- गाउँ सहर संवाददाता
- ६ असोज बिहीबार, २०७९ | ०७:२६:०० मा प्रकाशित

काठमाडौं । सामाजिक कार्यबाट मात्रै समाजले निस्वार्थ लाभ लिनसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
४३औँ सामाजिक सेवा दिवसका अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना दिँदै समाज कल्याण परिषद्ले विभिन्न कार्यक्रम सामाजिक सेवा दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएका हुन् ।
दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान भन्ने मूल नाराका साथ मनाउन मनाउन सुरु गरेको दिवसमा शुभकामना दिनुभएको हो । समाज कल्याण ऐन , २०४९ बमोजिम स्थापित समाज कल्याण परिषद्ले स्थापना कालदेखि नै मुलुकमा समाज सेवाको क्षेत्रलाई प्रवर्द्धन गर्न र गैर सरकारी सङ्घसंस्थालाई समाज कल्याणको क्षेत्रमा व्यवस्थित तवरले परिचालित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन् ।
परिषद्ले स्वास्थ्य तथा शिक्षा सेवाको विस्तार , युवा , महिला , वृद्ध वृद्धा तथा सीमान्तकृत समुदायको सशक्तीकरण , मानव अधिकारको प्रवर्द्धन , उद्धार , कल्याण , आयआर्जन लगायतका विविध कार्यक्रम सञ्चालन गरी हाम्रो समाजलाई लाभान्वित तुल्याउँदै आएको उनले बताएका छन् ।
गैर सरकारी सङ्घसंस्थाले सरकारको विकास सहयात्रीका रूपमा दुर्गम क्षेत्रका सर्वसाधारणको हित र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिएका छन् । उनले समाज कल्याणको क्षेत्रमा योगदान गर्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा समाजसेवीप्रति हार्दिक आभार समेत प्रकट गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस