ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आइएमई पे
- गाउँ सहर संवाददाता
- ५ असोज बुधबार, २०७९ | १५:१९:०० मा प्रकाशित
काठमाडौँ । ट्राफिक जरिवाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले सत्र अर्ब रूपैँयाभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेको तथ्याङ्क उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई अवगत गराउँदै ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने कुरामा आइएमई पेका बस्नेत प्रमुखले उल्लेख गरे ।
उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उद्धेश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
- उपनिर्वाचन, २०८१ शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न - आयोग
- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित
- वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको लक्ष्य
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
प्रतिकृया दिनुहोस