गाउँ सहर

काेराेना संक्रमित १३१ जना निको, ६३ थपिए

काठमाडौं । नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ७४० वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ६३ जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ५७४ नमुनाको पीसीआर परीक्षण गर्दा ३५ र दुई हजार १६६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८५ हजार २३४ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ९६६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत