संसदमा देउवाले ओलीलाई लक्षित गर्दै भने : परमादेशले भेट गर्ने मौका दिएको छ
- गाउँ सहर संवाददाता
- १ असोज शनिबार, २०७९ | १४:१४:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशले गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्मा भेट भएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका हुन् ।
देउवाले ओलीलाई लक्षित गर्दै भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताहरूले परमादेशको सरकार भन्नुहुन्छ । त्यही परमादेशको कारणले अहिले हाम्रो यहाँ भेट भएको छ । त्यही कारणले सँगै बसेको काम गर्न पाएको छौँ ।’
'यो संसद् नै परमादेशबाट आएको हो । जसमा उहाँहरू र म काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगै बसेर काम गर्न पाउने थिएनौं । विधेयक पारित गर्न सक्दैनथ्यौं । परमादेशले भेट गर्ने मौका दिएको छ,' देउवाले भने ।
यस क्रममा देउवाले सरकारले राम्रो उपलब्धी हासिल गरेको पनि दाबी गरे । 'सविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने अवसर प्राप्त भयो । यसमा महत्त्वपूर्ण कार्यमा गठबन्धनका सबै दललाई स्मरण गर्न चाहन्छु । गणतन्त्र आएपछि संसद् पहिलो पटक विघटन भयो,' उनले भने 'जनताले संघर्षबाट ल्याएको संविधानलाई रक्षा गर्नका लागि सहकार्य गरेर संविधान बमोजिम मात्रै चल्नुपर्छ ।'
उनले आफ्नो सरकार आएपछि परराष्ट्र सम्बन्धमा सुधार आएको दाबी गरे। निर्वाचन आयोगलाई मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पुर्ण समर्थन रहने प्रतिबद्धता समेत जाहेर गरे ।
संविधानको रक्षा गर्दै अहिलेको उपलब्धिको रक्षा गर्न सरकारको दायित्व भएको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस