सांगठनिक गतिविधि नगर्न चेतवानीसहित नेविसंघले विघटन गर्यो त्रिवि समिति
- गाउँ सहर संवाददाता
- २७ भदौ सोमबार, २०७९ | १३:३५:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय नेविसंघ समिति विघटन गरेको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज विज्ञप्ति निकालेर नेविसंघ त्रिवि समिति विघटन गरिएको र अब अधिवेशन गरिने बताएका छन् । उनले समितिकाे रिक्तताकाे समयमा कुनैपनि सांगठनिक गतिविधि एवम् नियम विपरित क्रियाकलाप नगर्न नगराउन चेतावनीसमेत दिएका छन् ।
नेविसंघका नाममा पछिल्ला वर्षहरुमा नकारात्मक क्रियाकलापहरु भइरहेको भन्दै केन्द्रले एक्सन लिएको हो ।
अर्को घोषणा नहुन्जेल नेविसंघको नाममा कुनै वक्तव्य निकाल्न नपाइने, केन्द्रसँग अनिवार्य अनुमति लिनुपर्ने, कुनै निर्णय गर्नुपरे व्यक्तिगत लहडबाजीमा नभई आपसी सहमतिमा लिनुपर्ने केन्द्रको निर्णय छ ।
त्रिवि प्रशासनमा लामो समय तालाबन्दी, प्राध्यापकहरुमाथि कुटपिटलगायत घटनाहरुमा नेविसंघका कार्यकर्ताहरु मुछिएकोबारे पनि नेविसंघ केन्द्रले चासो व्यक्त गरेको छ ।
नेपाल विद्यार्थी संघलाई वैधानिक ढङ्गले मूर्त रुप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइ क्याम्पस अधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अधिवेशनको वातावरण सिर्जना गरि अधिवेशन प्रक्रियामा सहभागी हुन समेत सबैमा आग्रह गरे । अब उप्रान्त केन्द्रीय समितिको परिपत्र, समन्वय तथा निर्देशनबिना त्रिवि समितिको रिक्तताको समयमा कुनै पनि सांगठनिक गतिविधि एवम् नियम विपरीतका क्रियाकलापहरू नगर्न/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध समेत गरिएको छ । लामो समयदेखि त्रिविमा नेविसंघ भित्रै आन्तरिक विवाद थियो । र उनीहरूले मनोमानी ढंगबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएका थिए ।
नेविसंघमा ३२ वर्षे उमेर हद लागेको छ ।
नेविसंघलाई वैधानिक ढंगले मुर्त रूप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइने पनि उनले बताए । अहिलेसम्म नेविसंघ त्रिवि समितिमा रहेकालाई अध्यक्ष शेर्पाले धन्यबाद पनि दिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस