५ औँ संस्करणको लेखनाथ स्तरिय तायाः मचाः नृत्य सम्पन्न
- गाउँ सहर संवाददाता
- १३ भदौ सोमबार, २०७९ | २१:२९:०० मा प्रकाशित

पोखरा । अर्घौ पौवा नेवाःखलको आयोजनामा ५ औँ संस्करणको लेखनाथ स्तरिय तायामचा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेशका शिक्षा, विज्ञान प्रविधि एवं सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यता एवं अर्घौ पौवा खलका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
प्रदेश सांसद दिपक कोइराला, नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे, वडा नं २६,२७ र ३० का वडाध्यक्षहरु क्रमशः नरेन्द्र थापा,
पुर्ण कुमार गुरुङ, दुर्गा सुवेदी, सल्लाहकार चन्द्र कृष्ण कर्माचार्य, नेवा मिसा पुच कास्कीका अध्यक्ष मेनुका श्रेष्ठ, लेउवा अध्यक्ष छत्रधर आत्रेय, लगायतको आतिथ्यता रहेको थियो ।
सो प्रतियोगितामा प्रथम स्थान समाज कल्याण नेवाःखल राजाचौतारा, द्वितिय मिलिजुलि नेवाःखल बाघमारा, तृतिय, गणेश नेवाःखल गगनगौडा र सान्त्वना शिशुवा नेवाःखल शिशुवाले प्राप्त गरे भने उत्कृष्ट जोकरमा शिशुवा नेवा खल र उत्कृष्ट परी भीमसेन नेवाः खलवलामगादीले प्राप्त गर्न सफल भए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राप्रपालाई निषेधित क्षेत्र नतोड्न गृह मन्त्रालयको चेतावनी
- शिक्षक आन्दोलन राेकिएन, र विद्यालय कर्मचारीलाई अनिवार्य उपस्थित हुन महासंघको आग्रह
- काँकरभिट्टाबाट १८ अर्ब ६२ करोडको कृषिजन्यवस्तु निर्यात
- उद्घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न
- नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
- वर्षाले खेल प्रभावित हुँदा अफगानिस्तान विश्वकपमा लागि छनोट, नेपाल बाहिरियाे
- अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो, तलब खाएर सडकमा नाचगान गर्न मिल्छ ?
- प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल, कुरो नमिलेपछि आन्दोलन जारी
- लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु
- बसाइँ सरेकालाई गाउँ फर्काउन स्याक्लुङ्काेटमा होमस्टे
प्रतिकृया दिनुहोस