शिक्षक आन्दोलन राेकिएन, र विद्यालय कर्मचारीलाई अनिवार्य उपस्थित हुन महासंघको आग्रह
- गाउँ सहर संवाददाता
- ७ बैशाख आइतबार, २०८२ | ०७:३३:०० मा प्रकाशित

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ ।
महासंघले शिक्षक र विद्यालय कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन भनेको छ ।
संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै पक्षसँग महासंघको आग्रह छ ।
“देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउनुहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ,” महासंघले भनेको छ, “आन्दोलनको अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड बृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायत कुनै पनि क्रियाकलापमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ ।”
कक्षा १२ को परीक्षामा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले अनुरोध गरेको छ ।
विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न राज्यलाई बाध्य पार्न आन्दोलन जारी रहेको महासंघले प्रष्ट पारेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस