काँकरभिट्टाबाट १८ अर्ब ६२ करोडको कृषिजन्यवस्तु निर्यात
- गाउँ सहर संवाददाता
- ६ बैशाख शनिबार, २०८२ | २०:०२:०० मा प्रकाशित

काँकरभिट्टा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्षको नौ महिनामा रु १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त नौ महिनाको अवधीमा सबैभन्दा धेरै चिया रु आठ अर्ब ४१ करोड ८९ लाख, अलैँची रु पाँच अर्ब ६३ करोड २० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ८७ करोड ३१ लाख मूल्य बराबरको निर्यात भएको छ ।
यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २७ करोड २१ लाख, अम्लिसो रु ८७ करोड २१ लाख, बन्दा रु आठ करोड १७ लाख, जडिबुटी रु चार करोड ५८ लाख, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधीमा पूर्वीनाकाबाट रु दुई अर्ब ७० करोड ६८ लाख २६ हजार मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ ।
आयत हुने मुख्य कृषिजन्य बस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफुल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १४ करोड ४५ लाख ७६ हजार, चामल रु ६ करोड एक लाख, ताजा तरकारी रु ३४ करोड चार लाख मूल्य बराबरको आयात भएको छ ।
यसैगरी ताजा फलफुल रु ३१ करोड ८० लाख, लसुन रु ६३ करोड ८० लाख, आलु रु ३६ करोड ४९ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- उद्घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न
- नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
- वर्षाले खेल प्रभावित हुँदा अफगानिस्तान विश्वकपमा लागि छनोट, नेपाल बाहिरियाे
- अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो, तलब खाएर सडकमा नाचगान गर्न मिल्छ ?
- प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल, कुरो नमिलेपछि आन्दोलन जारी
- लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु
- बसाइँ सरेकालाई गाउँ फर्काउन स्याक्लुङ्काेटमा होमस्टे
- पूर्व पश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ- ६ लेन सडकको प्रधानमन्त्रीद्वारा उद्घाटन
- सरकारले गभर्नरमा बनाउने खाेजेकाे भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी
- १० अर्ब बढीको सेयर कारोबार, नेप्से परिसूचक २७ सय विन्दुमाथि
प्रतिकृया दिनुहोस