नवाैं राष्ट्रिय खेलकुद सफल बनाउन प्रतिवद्धता
- गाउँ सहर संवाददाता
- १२ भदौ आइतबार, २०७९ | २०:२२:०० मा प्रकाशित

पाेखरा । गण्डकी प्रदेशमा आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन विभिन्न राजनितिक दलका खेलकुद भातृ संगठनहरुले प्रतिवद्धता जनाएका छन् ।
प्रदेश खेलकुद परिषद, गण्डकीले आइतबार पोखरामा आयोजना गरेको सामुहिक सर्वपक्षिय भेलामा उनीहरुले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् । सो अवसरमा आफ्ना भनाई राख्दै नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले वैचारिक आस्था जे भए पनि नवौं राष्ट्रिय सफल बनाउन सवैको सामुहिक उत्तरदायित्व रहेको बताए । उनले भने–“नवौं राष्ट्रिय सवै नागरिक र खेलप्रेमीहरुको साझा कार्यक्रम भएकोले यसलाई सफल बनाउनु समेत साझा जिम्मेवारी हो ।”
कार्यक्रममा सहभागि नेपाल खेलकुद महासंघ (समाजवादी) का पूर्ण लामाले नवौं सफल बनाउन सबैको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेकोले खेलकुदको महाकुम्भमा राजनीतिक कुराहरुलाई पन्छाएर सफल बनाउनु पर्ने बताए । उनले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन पोखरा महानगर पालिकाको तर्फ बाट समेत सहयोगको खाँचो रहेको बताउँदै त्यसका लागि आफ्नो पार्टीकोतर्फबाट पहल हुने बताए ।
त्यसै गरी नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका सचिवालय सदस्य रामचन्द्र गिरीले खेलकुद सवैको साझा र समानुपातिक अवधारणा अघि बढ्ने प्रसङ्ग अघि सार्दै ४० वर्ष पछि गण्डकीमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद सफल बनाउन खेलकुद महासंघले सहयोग गर्ने प्रतिवद्धता जनाए । “हामी नवौं राष्ट्रिय खेलकुद सफल बनाउन यहाँ जुटेका छौं, यसले पनि समाजमा उत्कृष्ट सन्देश प्रवाहित हुने मात्रै नभई सवै नवौं सफल बनाउन साझा रुपमा अघि बढ्नेछन्”, उनले भने ।
सो अवसरमा आफ्ना भनाई राख्दै नेकपा माओवादी निकट अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका जिवन खातीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लगायतका विगतमा भएका खेलकुद कार्यक्रममा गरिएका कमिकमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नु पर्ने उल्लेख गरे । उनले भने–“हामीले खेलकुदलाई साझा रुपमा वुझ्न आवश्यक मात्रै छैन साझा कार्यक्रमका साथ अघि बढ्न पनि उत्तिकै महत्वपूर्ण छ ।”
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सवैको साझा कार्यक्रम र दायित्व बन्न सकोस भन्ने कुरालाई प्राथमिकतामा राखिएको कुरा औंल्याए । “हामी यति बेला जिल्ला जिल्लामा खेलाडी छनोटको प्रक्रियामा छौं । यहाँहरुको सवैको सहभागिताले नवौं सफल बनाउन ठूलो सहयोग हुनेछ । प्रदेश खेलकुद यहाँहरुलाई आ–आफ्नो ठाउँबाट उठेर सफल बनाउन आग्रह गर्दछु”, उनले भने ।
कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ र तारा माया थापा मगर, अखिल नेपाल खेलकुद महासंघ गण्डकीका संयोजक बलराम सुवेदी, लोकतान्त्रिक खेलकुद गण्डकीका उपाध्यक्ष विद्या मर्सानी, नेपाल खेलकुद महासंघका गण्डकीका सहसचिव बोधराज गिरीलगायतले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन प्रतिवद्धता जनाएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
प्रतिकृया दिनुहोस