बालेनकाे ‘एक्सनमा’ महेश बस्नेतकाे असन्तुष्टि : २-४ सय फेसबुके फ्यान भए भनेर नमात्तिनु
- गाउँ सहर संवाददाता
- १० भदौ शुक्रबार, २०७९ | ०९:०२:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गरेकाे पछिल्लाे कामप्रति नेकपा एमालेका युवा नेता महेश बस्नेतले असन्तुष्टी जनाएका छन् ।
बस्नेतले फेसबुकमार्फत शाहलाई घरको नक्सा हेर्ने भुत सवार भएकाे भन्दै भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने नठान्न पनि चेतावनी दिएका छन् ।
प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका छन् । यसप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन् ।
‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए ।
‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् ।
बस्नेतले २,४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन् । ‘विगतका यस्ता २,४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईंका बिरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला,’ बस्नेतले फेसबुकमा लेखेको छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्राप्त प्रतिक्रिया
डेढ लाख त लाइक आको छ। एक पोस्टमा
भनेपछि अब फेशबुके फ्यान हरुलाइ फिल्डमा बोलाएको हो त ? हाम्रो उपस्थित अब यहाहरुलाइ सारै भारि हुन सक्छ होशियार भएर बोलौ।
Kaka mangsir 4 gate naaatinu taispachee sab thik hunxa
भ्रष्टहरुलाइ पोलेको छ भत भती।
Aatiyex yo neta aafai ???? arulai mateko dethe ????????
Gold thief
तेरो तकत्रो जनता होलान लुटेरा चोर भष्टचारी
तेराे घरकाे पनि नकसा पास गरेकाे छैनसिकि हाे देश लुटेरा
राम्रो काम गरेको देख्नै नसक्ने कस्तो रोग लागेको रहेछ है नेताजीलाई
Sala Chor lutna painas kukur
महेसेको मान्छेको पर्यो भनेर हो। बालेनले जे गर्यो सहि गर्यौ
मुर्ख डन चाकरि र के पि लाइ तेल दलेको भरमा कति दिन राज्निति गर्छौ
जस्लाई पनी जन्ताको समर्थन चाहिने हो जो कोही पनी मातिन्नु भएन !!
Yo ko Ra Vanya Mahesh basnet katti na gunda ta ho ni
हामी कति भाग्यमानी छौँ वहाँ पनि हाम्रो नेता हो । हामी देश विकासको अपेक्षा गर्छौँ ।
तिमी तिम्रै ठाउॅंमा बकबक गर सिमाना नाघेर हस्तक्षेप नगर्दा राम्रो
आफ्नु त्यति पनि छैन !
प्रतिकृया दिनुहोस