लेखनाथमा तायाःमचा नृत्य प्रतियोगिता हुने
- गाउँ सहर संवाददाता
- ५ भदौ आइतबार, २०७९ | २१:४०:०० मा प्रकाशित

लेखनाथ । नेवारी समुदायको भाषा र संस्कृतिको रक्षा गर्ने उदेस्यले हरेक वर्ष नेवा खाल लेखनाथले गर्दै आएको तायाः मचा नृत्य प्रतियोगिताको पाचौं सस्करण यही भदौ १० गते गरिने भएको छ ।
लेखनाथमा रहेका विभिन्न आठ वटा नेवारी समुदायहरुले पालै पालो तायाःमचा नृत्य प्रतियोगिता गर्दै आएकोमा यस पटक पोखरा २६ र २७ को अर्घौ पौवा नेवाःखलले पाचौं संस्करणको प्रतियोगिता भदौं १० गते शुक्रवार गर्न लागेको आईतवार राखिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
पोखरा २६ को अर्घौचोकमा हुने प्रतियोगितालाई ब्यवस्थित वनाउन विभिन्न उप समिति गठन गरी तयारीलाई अगाडि बढाईएको छ भने प्रतियोगितामा करीब आठ समूहको सहभागीता रहने विश्वास आयोजकहरुले गरेका छन् ।
तायाः मचा नृत्यलाई प्रतियोगिताको रुपमा मनाउने भए पनि उक्त अवसरमा महिला पुरुषको लाखे नाच, कुमारी नाच, देवीनाच र साथमा रोपाई नृत्य पनि अप्रतियोगीका रुपमा समावेस गरिने अघौं नेवाःखलका अध्यक्ष प्रकाशलाल श्रेष्ठले जानकारी गराएका थिए ।
परम्परा देखि चल्दै आएकोे नेवारी भाषा,कला,संस्कृति,साहित्य र भेषभुषाको संरक्षण गर्दै युवा पुस्तालाई आफनो संस्कृतिका बारेमा जानकारी दिन सजिलो हुने गरि राखिएको प्रतियोगितमा प्रथम हुने समूहलाई तीस हजार,द्वितियलाई २५ हजार, तृतियलाई २० हजार र साथमा उत्कृष्ठ जोकर र परिलाई दुई ÷दुई हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता संचालनका लागि करीब आठ लाख खर्च लाग्ने र यसको आर्थिक व्यवस्थापन विभिन्न संघ सस्था र उद्योग व्यवसायीहरुबाट सहयोगको अपेक्ष्या गरिएको समाजका सचिव बालगोपाल श्रेष्ठले जानकारी गराएका थिए ।
कार्यक्रममा नेवाः खल लेखनाथका अध्यक्ष प्रेम लिगल, लेखनाथ मिसा पुचका अध्यक्ष मेनुका श्रेष्ठ लगायतले सबैको साथ र सहयोगले विगतका प्रतियोगिता सफल भए जस्तै यस पटकको ताया मचा नृत्य प्रतियोगिता अझ बढी परिस्कृत रुपमा थप मनोरञ्जनका साथ संचालन हुने विश्वास व्यक्त गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राप्रपालाई निषेधित क्षेत्र नतोड्न गृह मन्त्रालयको चेतावनी
- शिक्षक आन्दोलन राेकिएन, र विद्यालय कर्मचारीलाई अनिवार्य उपस्थित हुन महासंघको आग्रह
- काँकरभिट्टाबाट १८ अर्ब ६२ करोडको कृषिजन्यवस्तु निर्यात
- उद्घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न
- नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
- वर्षाले खेल प्रभावित हुँदा अफगानिस्तान विश्वकपमा लागि छनोट, नेपाल बाहिरियाे
- अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो, तलब खाएर सडकमा नाचगान गर्न मिल्छ ?
- प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल, कुरो नमिलेपछि आन्दोलन जारी
- लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु
- बसाइँ सरेकालाई गाउँ फर्काउन स्याक्लुङ्काेटमा होमस्टे
प्रतिकृया दिनुहोस