स्वास्थ्य

थप ४२१ जनामा काेराेना संक्रमण पुष्टि, ४२१ संक्रमणमुक्त

काठमाडाैं । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो हो ।

पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा १०७,  भक्तपुरमा ६ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ४८२ पुगेको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत