फोहोर ढुवानी गर्न काठमाडौं महानगरलाई पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग
- गाउँ सहर संवाददाता
- २ भदौ बिहीबार, २०७९ | १२:५२:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ । यस क्रममा आज विहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ वटा ट्रिपर फोहोर बोकेर ल्याण्डफिल साइटतर्फ गएका छन् । समितिले उपलब्ध गराएका ट्रिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ ।
यता समानान्तर निर्माण सेवाले पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा ट्रिपर उपलब्ध गराएको छ । यी ट्रिपर पनि विहानै फोहोर बोकेर ल्याण्डफिल साइट गएका छन् ।
महानगरले आफूसँग भएका १२ वटा कन्टेनरमा ट्रान्सफर स्टेशनको फोहोर उठाएको छ । यसरी आज विहान ट्रान्सफर स्टेशनबाट ६० ट्रिपर फोहोर ढुवानी भएको छ ।
फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने सृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताए । ‘लामो समयसम्मको अवरोधका कारण थुप्रिएको फोहोर उठाउनु पर्ने पहिलो दायित्व भएकोले योजना कार्यान्वयनमा केही समस्या भएको छ । तर, लक्ष्यमा म अडिग छु ।’ प्रमुख शाहको भनाइ छ ।
ट्रान्सफर स्टेशनको फोहोर ढुवानी थालिएपछि पीडित संघर्ष समितिका संयोजक चन्द्रमान महर्जनले खुशी व्यक्त गर्दै प्रमुख शाहलाई धन्यवाद दिए । ‘हामी आजको दिनको प्रतिक्षामा थियौँ ।’ उनको भनाइ छ ।
‘हामी यातायात व्यवसायीहरु सामाजिक दायित्व निर्वाह गर्न आएका हौँ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला भन्छन्, ‘महानगरलाई समस्या परेका बेला पेशा व्यवसायीले सहयोग गर्नुपर्छ भनेर हामीले ट्रिपर तथा ट्रक व्यवसायी समितिसँग छलफल गरेर सहयोग गरेका हौँ ।’
मलवाहक ट्रिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहोर ढुवानीमा सहयोग गर्ने निर्णय गरेका हौँ । महासंघका मालवाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठको भनाइ छ । ट्रिपर सञ्चालन गर्ने तेल र श्रमिकलाई दिनुपर्ने पारिश्रमिकबाहेक अन्य कुनै पनि प्रकारको शुल्क नलिई फोहोर ढुवानी गर्ने हामीले समितिमार्फत निर्णय गरेका छौँ । समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस