राजनीति

पदाधिकारी टुंग्याउन माओवादीको स्थायी समिति बैठक बस्दै, महासचिवमा शर्मा, महरा की तेस्राे व्यक्ति ?

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजे स्थायी समिति बैठक बस्न लागेको हो । 

बैठकमा पदाधिकारी चयनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार आजको बैठकले माओवादी पदाधिकारी टुंगो लगाउने छ । माओवादी स्थायी समिति बैठक बुधबार पनि बसेको थियो । 

उनका अनुसार करिबकरिब नेताहरूको व्यवस्थापनको विषय टुंगोमा पुगिसकेको छ। माओवादीमा महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । यी दुई नेतामध्ये कोही पनि पछि नहटे तेस्रो व्यक्तिलाई महासचिव बनाउने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को तयारी छ ।

माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत