राजनीति

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज बस्दै छ ।

बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल हुने छ ।

सिट बाँडफाँटको प्रस्ताव ल्याउन शीर्ष नेताहरुले कार्यदल गठन गरे पनि कार्यदलले खाका तयार पार्न सकेको छैन । सिट बाँडफाँटको खाका तयार पार्न नसकेपछि कार्यदलको मंगलबारको बैठकमा शीर्ष नेताहरुसँग छलफल गर्ने सहमति भएको थियो । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउने छन् ।

कार्यदलका एक जना सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरुले सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेको भन्दै त्यसलाई केन्द्रमा राखेर निष्कर्षको चरणमा अगाडि बढेको बताए ।

त्यसैगरि राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकका विषयमा पनि बैठक केन्द्रित हुने बताइएको छ । 

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आज उक्त विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी गरेको छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत