काँडाघारी प्रहरी प्रभागसहित बस्ती डुवानमा, १५ जनाको उद्धार
- गाउँ सहर संवाददाता
- २५ श्रावण बुधबार, २०७९ | ०७:३६:०० मा प्रकाशित
काठमाडौं। अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ। गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो।
साथै प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ। कार्यालयको पछाडि पार्किङ गरिराखिएका तीन वटा मोटरसाइकल पनि बगाएको देखिएको प्रहरीले जनाएको छ।
त्यस क्षेत्रमा बिजुली पनि अवरूद्ध भएको छ। खहरेमाथि राडारबाट दुई जना पुरूषको उद्धार गरिएको प्रहरीले जनाएको छ। तीन साना र चार ठूला गाडी पनि बाढीबाट बाहिर निकालिएको छ। हरहरमहादेव नजिकै गाईगोठमा रहेका सात जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा नेपाल प्रहरी र २७ जना सशस्त्र प्रहरी परिचालन गरिएका छन्।
यो क्षेत्रबाट १५ जनाको उद्धार गरिसकिएको प्रहरीले बताएको छ। विष्ट गाउँका एक तलासम्मका घर डुवानमा परेका छन्। बाढीले सुकुम्वासी टोलको दुइटा टहरा भत्केको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
प्रतिकृया दिनुहोस