काँडाघारी प्रहरी प्रभागसहित बस्ती डुवानमा, १५ जनाको उद्धार
- गाउँ सहर संवाददाता
- २५ श्रावण बुधबार, २०७९ | ०७:३६:०० मा प्रकाशित

काठमाडौं। अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ। गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो।
साथै प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ। कार्यालयको पछाडि पार्किङ गरिराखिएका तीन वटा मोटरसाइकल पनि बगाएको देखिएको प्रहरीले जनाएको छ।
त्यस क्षेत्रमा बिजुली पनि अवरूद्ध भएको छ। खहरेमाथि राडारबाट दुई जना पुरूषको उद्धार गरिएको प्रहरीले जनाएको छ। तीन साना र चार ठूला गाडी पनि बाढीबाट बाहिर निकालिएको छ। हरहरमहादेव नजिकै गाईगोठमा रहेका सात जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा नेपाल प्रहरी र २७ जना सशस्त्र प्रहरी परिचालन गरिएका छन्।
यो क्षेत्रबाट १५ जनाको उद्धार गरिसकिएको प्रहरीले बताएको छ। विष्ट गाउँका एक तलासम्मका घर डुवानमा परेका छन्। बाढीले सुकुम्वासी टोलको दुइटा टहरा भत्केको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस