नासु कर्मचारी आन्दोलनमा, भोलि देशैभरका बिदामा बस्ने
- गाउँ सहर संवाददाता
- २३ श्रावण सोमबार, २०७९ | १३:५३:०० मा प्रकाशित

काठमाडाैं । निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । असमान तलव वृद्धिका विरूद्धमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।
उनीहरुले आज पेन डाउन गरेर काम ठप्प बनाएका थिए । नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने चेतावनी दिएका छन् ।
असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिरहेको नेपाल निजामती कर्मचारी युनियनको भनाइ छ ।
उनीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।
निजामतीतर्फका नायव सुब्बाहरूले नासुमारा ऐन चाहिदैन, नासुलाई बढुवामा हेप्न पाइँदैन, कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० वर्षमा माथिल्लो पदमाा बढुवा हुने व्यवस्था गरलगायतका माग राखेर चरणबद्ध संघर्ष गरिरहेका छन् ।
मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा तलब ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमामाथि तल्ला तहका कर्मचारीले विरोध गर्दै सबैको समान ढंगले तलब बढाउनुपर्ने माग गरेका छन् ।
चालु वर्षको बजेटबाट सरकारले कर्मचारीको तलव १५ प्रतिशतले बढाएको थियो तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस