गण्डकी प्रदेश स्तरीय लाखेनाच प्रतियोगितामा देउराली नेवा:खल प्रथम
- गाउँ सहर संवाददाता
- २२ श्रावण आइतबार, २०७९ | ०८:५३:०० मा प्रकाशित

लेखनाथ । फेदी नेवा खलः रुपाले आयोजना गरेको प्रदेश स्तरीय लाखे नाच प्रतियोगितामा देउराली नेवा: खल रुपा ५ देउराली समूह प्रथम भएको छ । त्यस्तै गरी छाङ्गेली नेवाःखल दमौली द्धितीय, नेवा: खल थर्पु तनहुँ तृतीय, उत्कृष्ट अनुशासितमा वेल चौतारा संयुक्त नेवाःखल शुक्लागण्डकी ५ र उत्कृष्ट भेषभुषामा अरिदेव नेवाः पुचा शुक्ला गण्डकी ४ दुले गौंडा घोषित भएका छन् ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु ३३ हजार ३ सय ३३, द्धितीय हुने समूहले २२ हजार २ सय २२ र तृतेय हुने समूहले ११ हजार १ सय ११ प्राप्त गरेका छन् ।
साथै उत्कृष्ट अनुशासित र उत्कृष्ट भेषभुषा समूहलाई नगद ४ हजार ४ सय ४४ रुपैंया प्रदान गरिएको छ ।
यस अघि गण्डकी प्रदेशका भौतिक पूर्वाधार शहरी विकास एवम् यातायात मन्त्री कुमार खड्काले विभिन्न समुदायको संस्कृति नै नेपालको पहिचान भएको बताउँदै सबै समुदायको संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिए । परम्परा, चाडपर्व र संस्कृति लोप हुन गए नेपाल राष्ट्रकै अस्तित्व हराउने भन्दै सबै जातजातिको परम्परा, चाड र संस्कृतिको संरक्षण गर्न हामी सबैले आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिए ।
फेदी नेवाःखलले निर्माण गर्न लागेको बहुउद्धेशिय भवन निर्माणमा गण्डकी प्रदेश सरकारले सिमिति साधन र स्रोत भित्र रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति एवम् प्रदेश सांसद दिपक कोइरालाले संस्कृतिका रक्षाबाट नै देशलाई सम्बृद्धिको यातामा अगाडि बढाउन सकिने बताउँदै सबै समुदायको संकृतिको संरक्षण गर्नु आजको आवश्यकता भएको बताए ।
यसै गरी रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालशुब्बा गुरुङले लाखे नाच प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दे नेवाःखलले निर्माण गर्न लागेको बहुउद्धेशिय भवन निर्माणका लागि गाउँपालिकाबाट बजेट बिनियोजन गर्ने बताए । यसै गरी नेवाःखल कास्की अध्यक्ष अशोक पालिखेले आफ्नो संस्कृति संरक्षण गर्न सबै एकजुट हुनुपर्ने बताउँदै समुदायमा बसोबास गर्ने सबै जातजातिको एकता हुनुपर्नेमा जोड दिए । नेवाःखलका अध्यक्ष मोहन जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन फेदी नेवाःखलका सचिव सुरेन श्रेष्ठ र वरिष्ट सञ्चालक सूर्य पौडेलले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस