जिसस कास्कीले मनायो स्थापना दिवस
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | २१:५२:०० मा प्रकाशित
कास्की । पोखरामा जिल्ला समन्वय समिति कास्कीले आफ्नो छैठौँ स्थापना दिवस शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सो अवसरमा सरसफाईसहित जेष्ठ नागरीक सम्मान र सहयोग हस्तान्तरण गरी स्थापना दिवस मनाइएको हो ।
पोखरा महानगरपालिका वडा न २७ मा अवस्थित श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रममा पच्चीस हजार बराबरको चामल, तरकारी, फलफूल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।
सहयोग सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिहरु अनुभव तथा सबै हिसाबले परिपक्क हुने हुनाले उनीहरुका ज्ञान र अनुभव पछिल्लाे पुस्तालाई उच्चतम उपयोगी हुने बताए ।
शारिरीक रुपमा अशक्त आफन्त बनि जेष्ठ नागरिकहरुको हेरचाह तथा स्याहार सुसारमा उपयुक्त नीति नै निर्माण गर्नुपर्ने र निर्माण भएका एेन कानुनको कडाइका साथ लागू गर्न राज्यका निकायहरुलाई आग्रह गरे ।
कार्यक्रममा जिसस कास्कीका उप-प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, महानगरपालिका वडा न २७ का सदस्य द्वय जितेन्द्र बहादुर खत्री र सुर्यबहादुर वाग्ले, श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रमका संरक्षक कल्याण कुमार कार्की ,सोही आश्रमका अध्यक्ष दुर्गाप्रसाद गौतम, सचिव तिलकशाली अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । देशमा संघयिताको कार्यान्वयनसँगै २०७४ सालको स्थानीय तहमा निर्वाचित तत्कालिन जिसस पदाधिकारीहरुले सपथ लिएको दिन साउन २० लाई आधार बनाइ स्थापना दिवस मनाउने गरिएको जिसस कास्कीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस