स्वास्थ्य

काेराेना कहर निरन्तर उकालाेः एककाे मृत्यु, नयाँ ९१२ संक्रमित थपिए

काठमाडाैँ । नेपालमा काेराेना कहर पछिल्लाे समय दिनकै बढिरहेकाे छ भने मृत्युपनि बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ६ हजार ४९१ जनाकाे परीक्षण गर्दा ९१२ नयाँ संक्रमित थपिएका छन् । साे अवधिमा ३७० जना डिस्चार्ज भएका छन् । एककाे मृत्यु भएकाे छ ।

मन्त्रालयका अनुसार देशमा शुक्रबारकाे सहित कुल मृतककाे संख्या ११ हजार ९७० पुगेकाे छ ।

अब देशमा सक्रिय संक्रमितकाे संख्या ५ हजार ७६० पुगेकाे छ ।

 

याे पढ्न नछुटाउँ

मङ्कीपक्सकाे शंका वा पुष्टि भएकाे व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, राेकथाम र नियन्त्रणका लागि जानाैँ यी कुरा

गाउँ सहर संवाददाता