फेरी ओरालो यात्रामा हिड्याे शेयरबजार
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | १३:२६:०० मा प्रकाशित
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले अंकले घटेको छ । आज नेप्से ३४.८५ अंकले घटेर दुई हजार एक सय १३ दशमलब ३० विन्दुमा बन्द भएको छ । बिहीबार नेप्से ३८.६१ अंकले घटेर दुई हजार एक सय ४८ दशमलब १६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । नेप्सेमा २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जोशी हाइड्रोपावर कम्पनीको लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६२.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज मैलुङखोला जलविद्युत्त कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १५ करोड ६६ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस