काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेकाे छ- मङ्कीपक्स राेग भाइरसबाट हुने एक किसिमकाे सरूवा राेग हाे । नेपालमा हालसम्म याे राेग नदेखिए पनि विश्वका धेरै मुलुकहरूमा देखापरेकाेले आम नागरिकमा सचेतना ल्याउने उद्धेश्यले याे जानकारीमूलक सूचना प्रवाह गरिएकाे हाे ।
कसरी सर्छ ?
घाउ-खटिरा-बिमिराकाे सम्पर्कबाट
शरीरबाट निस्किएकाे तरल पदार्थबाट
भाइरसबाट दूषित सतह र सामग्रीकाे प्रत्यक्ष सम्पर्कबाट
संक्रमित बाँदर, मुसा, लाेखर्के लगायतका जनावर र भाइरस रहेकाे ओछ्यान र लुगाबाट पनि याे भाइरस फैलन सक्छ ।
निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छः
काटिएकाे, बिमिरा वा फूटेकाे छाला
आँखा, नाक वा मुख
श्वासनली ।
लक्षणहरू के के हुन् ?
ज्वराे आउनु
डाबर देखा पर्नु
डाबर परिवर्तन हुँदै फाेका हुँदै पाप्रा लागेर उप्किनु
टाउकाे, ढाड र मांसपेशी दुख्नु
शरीरका ग्रन्थिहरू बढ्नु ।
सम्भावित जटिलताः
आँखामा सङ्क्रमण र दृष्टि गुम्नु
अन्य जीवाणुकाे सङ्क्रमण
निमाेनिया
मस्तिष्क ज्वर
गर्भ खेर जानु
मृत्यु ।
राेकथामका उपायहरूः
मङ्कीपक्सकाे शंका वा पुष्टि भएकाे व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसाेलेसनमा राख्ने
संक्रमित व्यक्तिकाे हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यका मापदण्डकाे पालना गर्ने
घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
नियमित रूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरकाे प्रयाेग गर्ने
सङ्क्रमित व्यक्तिका लुगा, ताैलिया, ओछ्यान र भाँडाहरू ताताे पानी, साबुन वा डिटर्जेन्टले धुने
मङ्कीपक्सकाे संक्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरकाे सम्पर्कमा नजाने
सङ्क्रमितकाे सम्पर्कमा आएको व्यक्तिले पीसीआर परीक्षण गर्ने
सङ्क्रमितकाे सम्पर्कमा आएको सतह स्थान वा काेठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने
मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
फाेहाेरलाई उचित स्थानमा व्यवस्थापन गर्ने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस