आज बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नसक्ने
- गाउँ सहर संवाददाता
- १९ श्रावण बिहीबार, २०७९ | ०८:१६:०० मा प्रकाशित
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । सम्भवत: आज बिहीबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले चुनावको मिति घोषणा गर्ने बताइएको छ।
मन्त्रिपरिषदको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने छ ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् ।
गठबन्धनको सुझाब अनुसार सरकारले आज चुनावको मिति तोक्न सक्ने एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभाबाट केही विधेयक पारित गर्नु पर्ने अवस्था भएकोले मिति तोक्ने वा नतोक्ने बारेमा प्रधानमन्त्रीको निर्णयमा भर पर्ने उनको भनाइ छ ।
निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको हो । प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन् । उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए ।
आउँदो मंसिर २२ मा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल सकिने आयोगको निश्कर्ष छ । त्यसका लागि मंसिर ४ गतेभित्र चुनाव गरिसक्नुपर्ने आयोगको भनाइ छ ।
सरकारले संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस