अभियान लघुवित्तकाे आईपीओ आजदेखि बिक्री खुला
- गाउँ सहर संवाददाता
- १८ श्रावण बुधबार, २०७९ | ०९:१३:०० मा प्रकाशित
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ ।
लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले निष्कासन गरेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी नौ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ १ गतेसम्म आवेदन दिने समय थप गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ ।
लगानीकर्ताले न्यूनतम १० देखि तीन हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।
हाल लघुवित्तको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात् लघुवित्तको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस