वातावरण

बुधबार बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक वा दुई स्थानमा भारी वर्षा

काठमाडाैँ । २०७९ श्रावण १८ गते (बुधबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता