प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु, के-के विषय उठान भए ?
- गाउँ सहर संवाददाता
- १३ श्रावण शुक्रबार, २०७९ | २०:३०:०० मा प्रकाशित

पाेखरा । प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वर्द्धनका साथै हरित, उत्थानशिल तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्ने गरि सम्मेलनको आयोजना गरिएको आयोजक पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
सम्मेलनमा देशका ६ ठूला स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता छ । सम्मेलनमा पोखरा लगायत काठमाडाैँ, ललितपुर, भरतपुर, विरगंज र विराटनगर महानगरपालिकाको प्रतिनिधित्व छ ।
सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष एवं क्षेत्रीय योजनाकार डा. जगदिश चन्द्र पोखरेलले संघीयता, महानगर र अबको बाटो शिर्षकमा मुख्य प्रस्तुति राखेका छन् । यस्तै महानगरपालिकाका प्रमुखहरुद्वारा महानगरपालिकाका मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतीहरु बारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।
सम्मेलनमा उपप्रमुखहरुले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरु सम्बन्धमा अनुभव तथा सिकाई आदानप्रदान गर्नेछन् । यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीहरुबारे आफ्नो अनुभव राख्ने कार्यक्रम छ । सम्मेलनको पहिलो दिन नै महानगरपालिकाका साझा सवालहरुबारे संश्लेषणको कार्यक्रम पनि छ ।
सम्मेलनको दोस्रो दिन शनिबार भने पूर्वाधार विज्ञ डा. सुर्यराज आचार्यद्वारा महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा. अजयचन्द्र लाल र सरोज बस्नेतद्धारा महानगरपालिकामा हरित, उत्थानशिल तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु, महानगरपालिकाका प्रमुखहरुद्वारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा प्यानल छलफल हुनेछ ।
सम्मेलन पोखरा घोषणा पत्र जारीसंगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई मेट्रो मिट नेपाल अंकित झण्डा हस्तान्तरण गरि समापन हुनेछ ।
आगामी मेयर सम्मेलन ललितपुरमा हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बुधबारसम्म वर्षाकाे अनुमान
- ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता
- भ्रष्टाचार : सबैभन्दा धेरै स्थानीय तहसँगसम्बन्धित मुद्दा
- कोरोना खोप विकासमा अनुसन्धान गर्ने दुई जनाले पाए चिकित्सा विज्ञानमा नोबेल पुरस्कार
- प्रभु बैंकले संचालनमा ल्यायो स्मार्ट अडियो अलर्ट डिभाइस
- शेयरबजारमा सामान्य अंककाे वृद्धि
- किसानलाई माैसम विभागकाे आग्रह : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’
- वाणिज्य सचिव मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- टि२० आईमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने
- पाँचखाल नगरका अधिकांश प्राविमा एक शिक्षक बराबर दुई विद्यार्थी
प्रतिकृया दिनुहोस