अर्थतन्त्र

शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्याे

काठमाडाैं । शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ। बिहीबार पनि सुनको मूल्य तोलमा ८ सय रुपैयाँले वृद्धि भएको थियो ।

शुक्रबार नेपाल बजारमा छापावाल सुनको भाउ ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ ।

शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता