दाेहाेराे अंकले बढ्याे नेप्से, काराेबार रकम तीन अर्ब माथि
- गाउँ सहर संवाददाता
- ११ श्रावण बुधबार, २०७९ | १५:५६:०० मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार दोहोरो अंकले बढेको छ ।
मंगलबार घटेको नेप्से आज साताको चौथो कारोबार दिन २३.८३ अंक (१.१४ प्रतिशत)ले बढेर दुईहजार १११.९९ को बिन्दुमा पुगेको छ ।
आज दिनभर २२७ कम्पनीका ७५ लाख आठ हजार १८८ किक्ता सेयर किनबेच भएको छ ।
आज दिनभर तीन अर्ब १६ करोड ६१ लाख ४५ हजार १४२.९९ रुपैयाँ बराबरको कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.५३ अंकले बढेको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १५६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
नेप्सेका अनुसार आज कुमारी धनवृद्धि योजनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस